बृद्धबृद्धामा ‘दृष्टि दोष’ को समस्या
| मिसन समाचारदाता, कोहलपुर, १६ माघ
बाँकेको कोहलपुरमा आयोजना गरिएको निःशुल्क आँखा शिविरको क्रममा अधिकांश मानिसमा ‘दृष्टि दोष’को समस्या देखिएको छ। आँखाको गम्भीर हेरचाहको अभाव र लापरबाहीका कारण अधिकांश मानिसहरुमा आँखाको दृष्टि दोष’ आँखाको समस्या भएको देखिएको हो। यो समस्या सबैभन्दा बढी ढल्कदो उमेरमा रहेका मानिसहरुमा बढि देखिएको चिकित्सकहरुले बताएका छन्।
उमेर समूहका हिसाबमा युवा अवस्था नाघेपछि मानिसहरुमा यस्तो समस्या देखिन्छ। बिहीबार कोहलपुर स्थित कोहलपुर नेत्रालय र संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्था कोहलपुर ५ को संयुक्त आयोजनमा सम्पन्न निःशुल्क आँखा शिविरमा सहभागी मानिसहरुमा यस्तो समस्या देखिएको थियो।
उक्त शिविरको अवसरमा कुल २ सय ४८ जनाको आँखा जाँच गरिएको थियो। आयोजक कोहलपुर नेत्रालयका प्रमुख तथा वरिष्ठ दृष्टि विषशेज्ञ डाक्टर दिपेन्द्र राज भट्टराईले शिविरमा सहभागी मध्य सबैभन्दा धेरै संख्यामा ‘दृष्टि दोष’ भएको आँखाको समस्या देखिएको जानकारी दिए । उनका अनुसार यस्तो समस्या देखिनेमा सबै भन्दा बढी बृद्धबृद्धा रहेका छन्।उनले त्यसपछि प्रायमा मोतिविन्दुको समस्या देखिएको बताए। उक्त शिविरमा सहभागी मध्ये २ जनामा जलविन्दु, ५० जनामा आँखा सुख्खा हुने र १० जनामा आँखाको आँशु नली बन्द भएको समस्या देखिएको उनको भनाइ छ। अन्य मानिसहरुमा भने आँखा चिलाउने तथा बिझाउने समस्या देखिएको थियो। उनले औसतमा अली बढी समस्या भएकाहरुलाई थप उपचारको लागि कोहलपुर नेत्रालयमा पठाउन सिफारिस गरिएको भट्टराईले बताए। यस्तै उनले शिविरमा सहभागीहरुलाई निःशुल्क औषधी तथा चस्मा वितरण गरिएको अवगत गराए।’
आँखा मानिसहरुको निकै संवेदनशिल अंग हो। यसको राम्रो हेरचाह चाहिन्छ।शिविरमा थुपै किसिमका समस्या देखिएका
छन् । आगामी दिनमा यस्ता गतिविधि निरन्तर आयोजना गरिनेछ। ‘मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने।
केही महिना पहिलाबाट आफ्नो सेवा सञ्चालन गरेको नेत्रालयले आँखा शिविर पहिलोपटक आयोजना गरेको हो। आगामी दिनमा पनि यस्ता थुप्रै कार्यक्रम गरिने उनले जानकारी दिए। तपाईको दृष्टिको रक्षक बन्ने मुल नारा सहित स्थापना भएको नेत्रालयले पश्चिम क्षेत्रमा रहेका आँखा सम्बन्धी समस्या समाधानको लागि काम गर्दै आएको छ।
शिविरमा सहभागीहरुको आँखा जाँच वरिष्ठ दृष्टि विषशेज्ञ डाक्टर दीपेन्द्र राज भट्टराई र केशव मास्कीले गरेका थिए।